काठमाडौं- राजश्व अनुसन्धान विभागले ३२ किलो सुन घरमै गाडेर लुकाएको अवस्थामा पक्राउ परेका ५ जना विरुद्ध १६ करोडभन्दा बढी बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको छ।
विभागले जिल्ला अदालत कञ्चनपुरमा १६ करोड ९२ लाख ८० हजार असुल उपर हुनुपर्ने दाबी गर्दै राजश्व चुहावटको मुद्दा दायर गरेको हो।
विभागले लक्ष्मण तिरुवा, सुरज तिरुवा, सरिता तिरुवा, इन्दिरा तिरुवा, शंकरबहादुर वि.कसँग जनही ३३ करोड ८५ लाख ६० हजार विगो र ३ वर्ष कैद सजायको माग अभियोगपत्रमा गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पुनर्वास नगरपालिका बस्ने शंकर बहादुर विकको घरमा अवैध लुकाई राखेको १०८ थान र ३४ थानका दुई पोका सुन फागुन ४ गते पक्राउ गरेको थियो।
नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सिआइवीले उनीहरुलाई पक्राउ गरेको थियो। त्यसमा थप अनुसन्धान गर्दै प्रहरीले उनीहरु विरुद्ध राजश्व चुहावटको मुद्दा दायर गरेको हो।
खाल्डो खनेर ३२ किलो सुन लुकाएको अभियोगमा शुरुमा एक जनालाई प्रहरीले पक्राउ गरेको थियो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), महानगरीय प्रहरी अपराध महाशाखा र कञ्चनपुरको संयुक्त प्रहरी टोलीले कञ्चनपुरको पुर्नवास नगरपालिका २ दशरथ बस्तीबाट आज उक्त सुन बरामद गरेको थियो।
स्थानीय विकको घरमा खाडल खनेर राखिएको अवस्थमा सुन बरामद गरिएको थियो। विकको बयानपछि अन्य चार जनालाई पक्राउ गरिएको थियो। विककै बयानमा लगत्तै सुन तस्करी आरोपमा लक्ष्मण तिरुवालाई पक्राउ गरिको थियो।
तिरुवा विककै ज्वाइँ थिए। पक्राउ परेका अन्य व्यक्तिपनि परिवारभित्रै सदस्य हुन्।
बरामद गरिएको सुन जिल्ला प्रहरी कार्यालय कञ्चनपुर ल्याइएको सुदूरपश्चिमका निमित्त प्रहरी प्रमुख एसएसपी विक्रम चन्दले बताए।
घरभित्र खाल्डो खनेर माथिबाट आलुले छोपेर सुन राखिएको थियो। कालो कपडामा बेरेर खाल्डो खनेर गाडिएको अवस्थामा सुन बरामद भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।