काठमाडौं- संघीय संसद्को प्रतिनिधिसभाको तेस्रो अधिवेशन आइतबार सकिएको छ। विधेयक अधिवेसनका रुपमा परिचित चालु अधिवेसनमा ८९ दिन प्रतिनिधिसभाको बैठक बसेको थियो।
अधिवेशन अवधिभर प्रतिनिधिसभामा जम्मा २३ वटा सरकारी विधेयक दर्ता भएका थिए। त्यसमध्ये ८ वटा विधेयकहरु सभामा प्रस्तुत हुन बाँकी रहेको छ भने ७ वटा विधेयक सम्बन्धित समितिहरुमा विचाराधीन छन्।
‘जीवनाशक विषादी व्यवस्थापन विधेयक, र भू-उपयोग विधेयकमाथि राष्ट्रियसभाबाट संशोधन सहित प्रतिनिधिसभामा टेबुल भएको छ। अन्य ६ वटा विधेयकहरु संघीय संसदको दुवै सदनबाट पारित भैसकेको छ।
सभाको दोस्रो अधिवेशनबाट पारित हुन बाँकी रहेका विभिन्न ७ वटा विधेयक मध्ये ४ वटा विधेयक दुवै सदनबाट पारित भइसकेको छ भने २ वटा विधेयक समितिमा विचाराधीन रहेको संसद सचिवालयले जानकारी गराएको छ।
‘प्रशासकीय अदालत विधेयक समितिमा विचाराधीन रहेको जनाइएको छ। ‘ज्येष्ठ नागरिक (पहिलो संशोधन) विधेयक,‘नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, र‘विज्ञापन (नियमन गर्ने) विधेयक, सम्बन्धी राष्ट्रिय सभाबाट प्राप्त सन्देश सभामा टेबुल भएको सचिवालयले जानकारी गराएको छ।
२०७५ पुस ११ गते बैठकमा पेस भएको ‘कर्मचारी समायोजन अध्यादेश’माथि छलफल गरी २०७५ पुस १७ गतेको बैठकबाट स्वीकृत भएको थियो।
संसद्को अर्को अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान गरेपछि सुरु हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।