काठमाडौं– कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणमा घटनाको प्रमाण नष्ट गरेको र यातना दिएको अभियोगमा हिरासतमा रहेका पूर्व एसपी दिल्लीराज विष्ट थुनामुक्त भएका छन्।
कञ्चनपुर जिल्ला अदालतले माग गरेको १० लाख रुपैयाँ धरौटी तिरेर उनी रिहा भएका हुन्।
जिल्ला न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले विष्टसँग १० लाख धरौटी माग्ने आदेश गरेको थियो।
यसअघि शुक्रबार विष्टको बहस सकिएको थियो।
पूर्व एसपी विष्टसहित ८ जना प्रहरी अधिकारीविरुद्ध निर्मला हत्या प्रकरणको प्रमाण नष्ट गरेको र घटनाका आरोपी मानिएका दीलिपसिंह विष्टलाई यातना दिइएको भन्दै मुद्दा दायर भएको थियो।
जिल्ला अदालत कञ्चनपुरले गत फागुन ३० गते उक्त मुद्दामा फैसना सुनाउँदै ६ जना प्रहरीलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
अदालतको आदेशपछि ६ प्रहरी ३१ लाख रुपैयाँ धरौटीमा रिहा भइसकेका छन्।
घटनापछि अनुसन्धानमा संलग्न सिआइबीका डिएसपी अंगुर जिसी भने अझै सम्पर्कमा आएका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।