काठमाडौं- सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले हतियार बिसाएर आए मात्रै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग सरकारले वार्ता गर्ने दोहोर्याएका छन्।
मन्त्री बास्कोटाले बमसँगै राखेर चन्द नेतृत्वको नेकपासँग वार्ताको कल्पना गर्न नसकिने पनि स्पष्ट पारे।
नेपाल प्रेस इन्स्टिच्यूटले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले बम, बारुद बोकेर आतंक फैल्याईरहेको चन्द नेतृत्वको नेकपाको पक्षमा समाचार सम्प्रेषण गरिएको भन्दै संचार माध्यामहरुप्रति पनि आक्रोश व्यक्त गरे।
मन्त्री बास्कोटाले राष्ट्रिय हितमा केन्द्रित भएर मर्यादित पत्रकारिता गर्न पनि सबै संचार माध्यामलाई सचेत गराए।
मन्त्री बास्कोटाले संचार माध्यामहरुले स्वतन्त्रताको उपयोग गर्ने नाममा अराजकता फैल्याउने गतिविधिलाई प्राथमिकता दिन नहुने पनि स्पष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।