काठमाडाैं- उपचाररत कांग्रेस नेता कृष्णप्रसाद सिटौलाका लागि १ सय ७ जनाले रक्तदान गरेका छन्।
आन्द्राबाट रक्तश्राव भई रगतमा हेमोग्लोबिनको कमी देखिएर ह्याम्स अस्पतालमा भर्ना भएका सिटौलाको स्वास्थ्यलाभको कामना गर्दै उनका शुभेच्छुकले आइतबार बिहान रक्तदान कार्यक्रमको आयोजना गरेका थिए। ‘दुख बाडौं, सुख साटौ’ भन्ने भावनाले रक्तदान कार्यक्रम आयोजना गरिएको विद्यार्थी नेता सुशील भट्टले जानकारी दिए।
अस्पताल प्राङ्गणमै नेता तथा कार्यकताले स्वत:स्फुर्त रुपमा बृहत रक्तदान कार्यक्रम आयाेजना गरेका हुन्।
आइसियूमा भर्ना भएका सिटौलाको स्वास्थ्यमा क्रमिक सुधार आएको बताइएको छ। सिटौलालाई डा भगवान कोइराला, डा मनबहादुर केसी लगायतका चिकित्सकाे टाेलीले उपचार गरिरहेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।