काठमाडाैं- संघीय संसदको चालु अधिवेशन आजबाट अन्त्य हुँदैछ। अहिले राष्ट्रियसभाकाे बैठक सुरु भएकाे छ भने प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बाेलाइएकाे छ।
पुस ११ देखि सुरु भएको हिेउँदे अधिवेशनमा प्रतिनिधिसभातर्फ २३ वटा विधेयक दर्ता भएका थिए। त्यसमध्ये दुबै सदनबाट १३ विधेयक पारित भई प्रमाणीकरण भएका छन्।
राष्ट्रियसभातर्फ ७ विधेयक दर्ता भई ३ वटा प्रमाणीकरण भएका छन्। प्रतिनिधिसभा तर्फ १० विधेयक पारित हुन बाँकी छन् भने राष्ट्रियसभामा दर्ता भएका विधेयकमध्ये ४ विधेयक पारित हुन बाँकी रहेका छन्।
भिडियाे:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।