काठमाडौं– संघीय संसदको बजेट अधिवेशन आजबाट अन्त्य हुँदैछ। प्रतिनिधि सभाको बैठक दिउँसो ज्१ बजे बोलाएर बजेट अधिवेशन अन्त्य गरिंदैछ भने राष्ट्रिय सभाको बैठक ११ बजेदेखि सुरु भई आजै अन्त्य हुनेछ।
पुस ११ देखि सुरु भएको हिउँदे अधिवेशनमा प्रतिनिधि सभातर्फ २३ वटा विधेयक दर्ता भएका थिए। त्यसमध्ये दुवै सदनबाट १३ विधेयक पारित भई प्रमाणीकरण भएका छन्।
राष्ट्रिय सभातर्फ सात विधेयक दर्ता भई तीन वटा प्रमाणीकरण भएका छन्। प्रतिनिधि सभातर्फ १० विधेयक पारित हुन बाँकी छन् भने राष्ट्रिय सभामा दर्ता भएका विधेयक मध्ये ४ विधेयक पारित हुन बाँकी रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।