काठमाडौं– दुवईमा मुख्य कार्यालय रहेको मस्सेक बैंकले ललितपुरको गोदावरीस्थित श्रीकृष्ण आधारभूत विद्यालयमा करिब १० लाख रुपैयाँ बराबरको शैक्षिक सामग्री सहयोग गरेको छ।
विविध शैक्षिक एवं विद्यालयको स्तरोन्नतीका लागि भन्दै बैंकले सहयोग गरेको मस्रेक बैंककी नेपाल प्रमुख हेमा अधिरकारीले जानकारी दिईन्। बिद्यालयलाई एक थान ल्यापटप, एक थान कम्युटर, एक थान थ्रि इन वान प्रिन्टर, स्क्यानर,फोटोकपी मेशिन, एक थान प्रोजेक्टर र एक बर्षका लागि इन्टरनेट कनेक्सन प्रदान गरिएको उनको भनाइ छ।
साथै, बैंकले एक वर्षका लागि हुने गरि बिद्यालयका सवै विद्यार्थीका लागि दुई दुई जोर जुत्ता, स्कूल ड्रेस, र बर्ष भरिलाई पुग्ने कापी, कलप, पेन्सिल, इरेजर, कटर, जोमेट्री बक्स समेत प्रदान गरेको छ। बैंकले सहयोग गरेको भौतिक सामाग्रीको सदुपयोग सो विद्यालयका शिक्षकले आफ्नो शिक्षण सम्बन्धि ज्ञान बढाउन, नयाँ नयाँ पाठ्य सामाग्री प्राप्त गर्न र विद्यार्थीलाई थप प्रभावकारी ज्ञान प्रदान गर्नै सहयोग पुग्ने विश्वास आफुले लिएको अधिकारीले बताइन्।
मस्रेक बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) कार्यक्रममा बालबालिका शिक्षालाई जोड दिएर मस्रेक फ्यूचर जेनरेसन भन्ने अभियान सञ्चालन गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।