काठमाडौं- नेपाल र पश्चिमी अफ्रिकी देश टोगोबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। योसँगै नेपालको संयुक्त राष्ट्रसंघमा आबद्ध १६४ देशसँग कूटनीति सम्बन्ध कायम भएको छ।
दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना गर्ने सम्झैतामा शुक्रबार राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका राजदूत अमृतबहादुर राई र नियोगका लागि टोगोका राजदूत कोकु क्याप्यदोले हस्ताक्षर गरे।
न्यूयोर्कस्थित नेपाली नियोग कार्यालयमा एक कार्यक्रम आयोजना गरी उक्त सम्झौतामा हस्ताक्षर भएको थियो। हस्ताक्षरपछि दुवै देशका राजदूतले सम्झौताले दुई देश र जनतालाई अझै नजिक ल्याउने विश्वास व्यक्त गरेको न्यूयोर्कस्थित नेपाली नियोगले जनाएको छ।
उनीहरुले आपसी सहकार्यलाई अझ भविषयमा अझ बलियो बनाउनेबारे पनि आआफ्नो धारणा रोखका थिए।
दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको बारे दुवै जनाले संयुक्त रुपमा राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसलाई जानकारी समेत गराएका थिए।
लोम राजधानी रहेको टोगो पश्चिमी अफ्रिकी देश हो। टोगोलाई पश्चिममा घाना, पूर्वमा बेनिन र उत्तरतर्फ बुर्किना फासोले घेरेका छन्।
सन् १९६० मा फ्रान्सको औपनिवेशबाट स्वतन्त्र भएलगत्तै टोगो संयुक्त राष्ट्रसंघमा आबद्ध भएको थियो।
नेपाल र टोगो अतिकम विससित देशहरुको समूह, ग्रुप ७७ र असंलग्न आन्दोलनका सदस्यसमेत हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।