मोरङ- पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका-७ मा शनिबार भएको सवारी दुर्घटनामा हुँदा २ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको गरेको ना ३ ख ६९१८ नम्बरको कन्टेनरलाई सोही दिशातर्फ आउँदै गरेको बा ११ च ७९४८ नम्बरको टाटा सुमो गाडीले पछाडिबाट बिहान ५ बजे ठक्कर दिएको थियो। दुर्घटनामा सुमोमा सवार झापा अर्जुनधारा नगरपालिका-४ बस्ने वर्ष ४७ का रामकुमार आछामी र गौरादह बस्ने वर्ष ३५ का प्रकाश मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ।
त्यसैगरी सुमोमा सवार गौरादह बस्ने वर्ष ४५ का योगेश न्यौपाने, काभ्रे बस्ने रमेश तामाङ, गौरादह बस्ने बर्ष ३८ की बबिता मगर, गौरादहका वर्ष १४ की प्रबिका मगर, वर्ष ५५ को दुर्गा मगर, पाँचथर मिक्लाजुङ गाउँपालिका-५ बस्ने वर्ष ४० को हरिप्रसाद नेङवाङ, सुमो चालक दमक नगरपालिका-२ बस्ने वर्ष ३७ का कुलबहादुर रेग्मी र कन्टेनर चालक चितवन राप्ती नगरपालिका-२ बस्ने वर्ष ४८ का लक्ष्मण अधिकारी घाइते भएका छन्।
घाइते सबैलाई उपचारका लागि स्थानीय अस्पताल पथरी हुँदै थप उपचारको लागि विराटनगरस्थित न्यूरो अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ।
दुवै सवारी साधनलाई प्रहरीको नियन्त्रणमा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।