चितवन- चितवनको भरतपुर महानगरपालिका २८, गोलाघाटस्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन्। जितपुर बस्ने सन्दीप चौधरीका छोरा अन्दाजी १२/१३ बर्षका मनिष बिहीबार दिउँसो २ बजे नारायणी नदीमा डुबेर बेपत्ता भएका हुन्।
उनको खोजीका लागि विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारबाट प्रहरी निरीक्षक ईश्वरी अधिकारीको कमान्डमा ७ जनाको गोताखोर टोली र सशस्त्र प्रहरी बल नेपाल नं १७ गण चितवन आपटारीबाट प्रहरी निरीक्षक भोलाकुमार श्रेष्ठको कमान्डमा ९ जनाको टोली घटनास्थलमा खटिएको छ।
टोलीले बिहीबार र शुक्रबार खोजतलास गर्दा पनि बालक फेला नपरेको सशस्त्र प्रहरी बल नेपाल नं १७ गण आपटारी चितवनले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।