दाङ- तुलसीपुर उपमहानगरपालिका-२ नन्दगाउँमा पिकअप जिपले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
तुलसीपुरबाट पश्चिमतर्फ जाँदै गरेको रा १ च ३४६ नम्बरको पिकअपले विपरीत दिशातर्फ जाँदै गरेको बा ९७ प ५८६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटसाइकल चालक दंगीशरण गाउँपालिका ६ थापागाउँ बस्ने १८ वर्षीय गोरख चौधरीको मृत्यु भएको हो।
जिप र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ भने जिप चालक फरार रहेका छन्। मृतकको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङको शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख बेलबहादुर पाण्डेले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।