काठमाडौं– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन' सहित ९ जना पक्राउ परेका छन्।
उनीहरूलाई काभ्रेको खानीखोलाबाट शुक्रबार राति महानगरीय अपराध महाशाखा, विशेष ब्युराे र जिल्ला प्रहरी कार्यालय काभ्रेकाे टाेलीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सुदर्शनसहित धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, शंकर अधिकारी, विजय श्रेष्ठ, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लाेकेन्द्र खड्का रहेका छन्।
उनीहरूलाई अहिले काठमाडौं ल्याउँदै गरिएको प्रहरी उच्च स्रोतले जानकारी दियो ।
नख्खु बम विस्फोटका प्रमुख योजनाकार मानिएका ओली पार्टीको मध्य केन्द्रीय कमाण्ड इन्चार्ज हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।