काठमाडौं- भारतीय विदेश सचिव विजय केशव गोखले नेपाल आउने भएका छन्।
दुईदिने नेपाल भ्रमणका लागि उनी चैत १४ गते नेपाल आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दियो।
नेपालले लगानी सम्मेलन गर्नुअघि भएको गोखलेको नेपाल भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ। चैत १५ र १६ गते काठमाडौंमा लगानी सम्मेलन हुँदैछ।
सम्मेलनमा भारतबाट उच्च तहको भ्रमण हुने र त्यसका लागि वातावरण बनाउन गोखलेले नेपाल भ्रमण तय गरेको ठानिएको छ।
भ्रमणका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अन्य शीर्ष नेताहरुलाई भेट्ने कार्यक्रम रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।