विराटनगर– प्रदेश १ अन्तर्गत झापा र सुनसरी जिल्लाबाट प्रहरीले लागुऔषध सहित तीन जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट चेकजाँचमा खटिएको प्रहरीको टोलीले बिहीबार दिउँसो पौने ३ बजेको समयमा सुनसरीको बरहाक्षेत्र नगरपालिका-६ बसपार्कमा राजाबासबाट चतरातर्फ जादै गरेको मे१प ६७९२ नम्बरको मोटरसाइकललाई शंका लागी चेकजाँच गर्दा लागुऔषध भेटिएको थियो।
मोटरसाइकल चालक सुनसरीको बराहक्षेत्र नगरपालिका-२ पुनर्बास बस्ने वर्ष २७ का सुरेस बिस्ट र पछाडि सवार सोही स्थान बस्ने वर्ष ३४ को कालुप्रसाद राईले मोटरसाईकलको डिकिको भागमा लुकाई छिपाई ल्याएको ७ सय ६८ पिस स्पासमोप्रोक्सिबन क्याप्सुल सहित २ जनालाई नियन्त्रणमा लिएको थियो।
बरामद मोटरसाईकल र लागूऔषध सहित दुवै जनालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखि थप अनुसन्धान भइरहेको छ। यसैगरी झापाको भद्रपुर नगरपालिका-९ घोडामारा चियाबगानबाट लागुऔषध सहित १ जना पक्राउ परेका छन ।
बिहिबार साँझ साढे ७ बजेको समयमा प्रहरी चौकी घोडामाराबाट गस्तीमा खटिएको प्रहरीको टोलीले शंका लागी चेकजाँच गर्ने क्रममा झापाको भद्रपुर नगरपालिका-९ बस्ने वर्ष ३० को नरेन राजवंशीले शरीरका विभिन्न भागमा लुकाइछिपाइ राखेको कोरेक्स ४ बोतल, नाइट्रोजन ट्याब्लेट ६३० पिस, मोबाइल १ थान र नगद रु २९,६५० सहित निजलाई नियन्त्रणमा लिएको थियो ।
लागुऔषध सहित पक्राउ परेका राजवंशीलाई जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।