काठमाडौं– संखुवासभाको खाँदबारी नगरपालिका–११ सुनखानीमा छोराले बाबुको हत्या गरेका छन्।
६३ वर्षीय बाबु भुवन सिंह राईलाई बिहीबार दिउँसो १२ बजेको समयमा उनकै छोरा २८ वर्षीय सञ्जय राईले खुकुरी प्रहार गी हत्या गरेका हुन्। घरायसी विवाद भएपछि सञ्जयले खुकुरी प्रहार गरी बाबुको हत्या गरेका थिए।
घटनाबारे जानकारी पाउना साथ प्रहरी चौकी चन्दनपुरबाट खटिएको टोलीले घटनास्थलको सम्पूर्ण कानुनी प्रकृया पूरा गरी शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल खाँदवारी पठाएको थियो। अभियुक्त भने फरार हुन सफल भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।