काठमाडौं– वैदेशिक रोजगार विभाग, काठमाडौंका नायव सुब्बा रामकुमार फुयाँललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको छ।
नासु फुयालले ६० हजार रुपैयाँ घुस लिँदै गरेको बेला अख्तियारले पक्राउ गरेको हो।
नासु फुयालले वैदेशिक रोजगारको लेनदेनको कागजमा साक्षी बसेका सेवाग्राहीविरूद्ध उजुरी परेको र पक्राउ पुर्जी जारी गरिदिन्छु भन्दै डर देखाएर घुस लिने गरेको अख्तियारले जानाएको छ।
उनले सेवाग्राहीबाट लिएको घुस काठमाडौं जोरपाटी चोकमा फलफूल पसल गर्ने धुव्र खड्कालाई राख्न दिई केही समय पश्चात उक्त घुस बापतको रकम लिँदै गर्दा अख्तियारले उनलाई बिहीबार साँझ पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।