धादिङ– पृथ्वी राजमार्गमा जाँचका क्रममा प्रहरीले १ सय ६४ किलो प्रतिबन्धित लागुऔषध चरेस बरामद गरेको छ।
भारतीय नम्बर प्लेटको युपी१९टी ५१७१ नंम्बरको ट्रकमा लुकाइछिपाई भारततर्फ लैजाँदै गरेको अवस्थामा आज बिहान उक्त परिमाणको चरेस बरामद गरेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले जानकारी दिए।
काठमाडौंबाट भारततर्फ जान लागेको ट्रकको क्याबिनमा आठ वटा बोरामा हालेर लैजान लागेको अवस्थामा सो लागुऔषध बरामद भएको हो।
चरेससहित गजुरी गाउँपालिका–१ नजिकै पृथ्वी राजमार्गबाट भारत उत्तर प्रदेश निवासी २५ वर्षीय मौ महातपलाई पक्राउ गरी हिरासतमा लिइएको छ। गाडीसमेत प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।