ताप्लेजुङ– मेरिङ्देन गाउँपालिका–२ सान्थाक्रामा घरमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ। सान्थाक्रास्थित दिदीमा टोलका जीतबहादुर आबजुङ लिम्बूको घरमा आगलागी हुँदा उनकी श्रीमती ४२ वर्षीया यमुहाङमाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
घटनापश्चात् प्रहरी टोलीले घटनास्थलमा पुगी मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको थियो। शव परीक्षणपछि परिवारको जिम्मा लगाइएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। आगलागीको कारण खुल्न सकेको छैन। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।