• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

वैवाहिक सम्बन्धबाट भित्रिएकालाई सजिलै नागरिकता नदिने पक्षमा सांसद

64x64
नेपाल लाइभ बिहीबार, चैत ७, २०७५  २१:३७
1140x725

काठमाडौं– छोराले विदेशीसँग विवाह गरेर नेपालमा भित्र्याएकी बुहारीलाई वा छोरीले विवाह गरेर भित्र्याएको ज्वाइँलाई कुन मापदण्ड वा कति समयमा नागरिकता दिने?

विगत ८ महिनामा दर्जनौंपटक बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले यो प्रश्नको ठोस उत्तर पहिल्याउन सकेन। सांसदहरूका विभाजित धारणा मात्रै होइन, सरोकारवालाका पेचिला प्रश्नहरूले निष्कर्षमा पुग्नै नदिएपछि समितिले दोस्रो उपाय अबलम्बन गरेको छ।

समितिभित्रै रहेका ९ जना सांसद रहने उपसमिति गठन गरेर सर्वदलीय सहमति खोज्न निर्देशन दिइएको छ। नागरिकता संवदेनशील विषय भएकाले ‘बहुमतका आधारमा’ विधेयक प्रतिवेदन पास गर्ने सुविधाको उपयोग नगरेर सर्वदलीय सहमति खोजिएको उपसमिति बनाउँदै गर्दा समितिकी अध्यक्ष शशी श्रेष्ठले बताइन्।

समितिमा सहमति हुन नसकेको यो जटिल विषयको हल खोज्न उपसमितिलाई दुई हप्ताको समयसीमा तोकिएको छ। अधिकांश दलको प्रतिनिधित्व हुनेगरी बनाइएको उपसमितिका ९ सदस्यहरूले सबै पार्टीका शीर्ष नेताहरूलाई भेटेर धारणा लिनेछन्।

उनीहरुको धारणाको आधारमा मध्यबिन्दू खोजेर सहमतिको लागि प्रस्ताव गर्नेछन्। सर्वदलीय सहमतिलाई प्रतिवेदन बनाएर समितिमा बुझाउनेछ र समितिले पास गर्नेछ।

विदेशबाट भित्र्याएकी बुहारीका हकमा संसदमा दर्ता विधेयकको खफा (५)को उपदफा (१) मा यस्तो व्यवस्था छ– नागरिकता प्राप्त गर्न चाहने महिलाले नेपालको नागरिकता प्राप्त गरेको मितिले ६ महिनाभित्र विदेशको नागरिकता परित्याग गरेको निस्सा पेस गर्नु पर्नेछ।

नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले नेपालको नागरिकता प्राप्त गर्न चाहेमा तोकिएको अधिकारीसमक्ष तोकिएको ढाँचामा निवेदन दिनु पर्नेछ। नेपालको नागरिकता प्राप्त गरेको मितिले ६ महिनाभित्र विदेशको नागरिकता परित्याग गरेको निस्सा पेस गर्नु पर्नेछ।

संविधानको धारा ११ मा ‘नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा संघीय कानून बमोजिम नेपालको अंगीकृत नागरिकता लिन सक्नेछ’ भनिएको छ। तर, नेपाली नागरिक महिलाले नेपालमै बसोबास गर्नेगरी विवाह गरेर भित्र्याएका विदेशी पुरुषको हकमा दर्ता विधेयक र संविधानमा उल्लेख गरिएको छैन।

Ncell 2
Ncell 2
nimb
nimb

महिला सांसद र अधिकारकर्मीको यहाँनेर गम्भीर ध्यानाकर्षण भएको छ। संविधान महिलाको वैवाहिक सम्बन्धमा विषयमा मौन बसेका कुरामा सांसद यशोदा सुवेदी भन्छिन्, ‘छोरीसितको वैवाहिक सम्बन्धमा हाम्रो मान्यता कठोर देखिन्छ। यो किन भयो भने त हाम्रो भूधरातल पितृसत्तात्मक छ। त्यही सोच भएकाहरू प्रशासन र सरकारमा छन्।’

उनले भनेजस्तै पृत्तिसत्तात्मक देश भएकाले छोरी ‘विवाह गरेर जाने’ मात्रै परिकल्पना यसअघिको नागरिकता विधेयकमा समेत गरिएको थियो। त्यसलाई संशोधन गर्न बनेको नेपाल नागरिकता ऐन २०६३, लाई संशोधन गर्न बनेको विधेयकमा ‘छोरीले विवाह गरेर ल्याउने’ विषयमा समेत सांसदहरु सोच्न थालेका छन्।

सकेसम्म लैंगिक विभेद नदेखिने विधेयक बनाउनतर्फ लागि परेका छन्। तर, यसअघि विवाह गरेर ल्याइने बुहारीलाई नागरिकता दिन अपनाइँदै आइएको प्रक्रिया नै फेरबदल गर्न सांसदहरू लागिपरेका छन्।

बुहारी/ज्वाइँलाई नागरिकता दिने मापदण्डलाई ‘छिमेकी मुलुकमैत्री’ बनाउनुपर्ने माग अधिकांशको छ। छिमेकी मुलुक भन्नाले तीनतिर नेपाललाई घेरेको भारत हो। उक्त देशसँग सिमानका नेपाली बासिन्दाको ‘रोटीबेटी’को सम्बन्ध छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सांसद नवराज सिलवालले अघि सारेको तथ्यांक पत्याउने हो भने भारत र नेपालमा विवाह गर्ने कुल महिलाहरू मध्ये ४२ प्रतिशत भारतीय बुहारी बनेर नेपाल भित्रिन्छन् भने ५८ प्रतिशत नेपाली छोरीहरु भारतका बुहारी बन्छन्।

यहीँनेर नेपाली कांग्रेसका तर्फबाट राज्य व्यवस्था समितिमा प्रतिनिधित्व गर्ने सांसद दिलेन्द्र बडुको प्रश्न छ, ‘हाम्रा चेलीहरू विवाह गरेर छिमेकी देश भारत जान्छन् तर नागरिकता पाउन ७ वर्ष कुर्छन्। हामीकहाँ बुहारी आउँछन्। आजको भोलि पाउँछन्। यो विभेद किन हो?’

भारतले बुहारीलाई नागरिकता दिन ७ वर्ष कुनुपर्ने कारण बुझेर त्यहीअनुसार नेपालमा पनि बुहारीलाई नागरिकता दिने प्रक्रिया तलमाथि पार्नुपर्ने उनको तर्क छ। भारतबाट नेपाल आउने महिलाले धेरैबेर नागरिकताबाट बञ्चित भए धेरै समस्या आउने कुरामा उनी सचेत छन्।

तर उनलाई लाग्छ, ‘नागरिकता दिनु र सामाजिक सुरक्षा दिनु फरक विषय हुन्।’ नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट उक्त समितिमा प्रतिनिधित्व गरिरहेकी पम्फा भूषालको तर्क पनि बडु भन्दा धेरै फरक छैन।

तीनतिर खुला सीमा भएको भारतबाट नेपाल आउँदा जाँदा भिषा प्रणाली नभएको वर्क परमिटको व्यवस्थासमेत नभएकाले विवाहका आधारमा दिइने नागरिकता दिने विषयमा गम्भीर हुनुपर्ने उनको भनाइ छ।

उनलाई लाग्छ, ‘विवाह गरेर आउने र यही देशमा जन्मेका एउटै होइनन्। उताका आज विवाह गरेर आउने, भोलि नागरिकता पाउने, पर्सि मन्त्री मण्डलमा पुगेका छन्। हाम्रा छोरी प्रधानमन्त्री ताकेर गएका छैनन्। हालसम्म प्रदेश एमएलए र सरपञ्चसम्म भएको पनि सुनेकी छैन।’

दुई देशीय सम्बन्धको हिसाबले छोरी र बुहारी बराबर बनाउने अवसरमा नेपाल रहेकाले प्रावधानमा हेरफेर हुनुपर्छ। दुई ठूला शक्तिशाली राष्ट्रकोबीचमा भएको देश भएकाले संवदेनशील रुपमा लिइनुपर्ने उनको धारणा छ।

सुरुदेखि नै नागरिकतालाई लैंगिक विभेदमुक्त बनाउने पक्षमा आफ्ना धारणा राखिरहेकी सांसद यशोदा गुरुङ सुवेदी पनि भू–धरातलीय यथार्थका कारणले विवाह गरेर आउनेबित्तिकै नागरिकता पाउने प्रावधान राख्न नहुने बताउँछिन्।

उनी भन्छिन्, ‘दुई ठूला राष्ट्रको बीचमा छौं। निश्चित समयसीमा राखेर दिने उपयुक्त कुरा हो।’ लैंगिक रुपमा समान बनाउने र साझा मापदण्ड तय गर्ने विषय सहज भने छैन।

त्यसैले सबै दलका शीर्ष नेताको साझा धारणा जरुरी परेको हो। समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकमा ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको छलफलको क्रममा समितिका सदस्यहरुबीच अंगीकृत नागरिकताको विषयमा छुट्टै विधिबाट समाधान खोज्ने सहमति जुटेको हो।

सोही सहमति अनुरुप ९ सदस्यीय उपसमिति गठन भएको छ। उपसमितिमा नेकपाबाट विजय सुब्बा, यशोदा सुवेदी गुरुङ, नवराज सिलवाल, लक्ष्मी चौधरी, कांग्रेसबाट देवेन्द्रराज कँडेल, मीना पाण्डे, संघीय समाजवादी फोरमबाट रामसहाय प्रसाद यादव, राजपाबाट राजकिशोर यादव, नेमकिपाबाट प्रेम सुवाल र छन्।

प्रकाशित मिति: बिहीबार, चैत ७, २०७५  २१:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्