कैलाली- होली पर्व मनाउँदा उश्रृङ्खल गतिविधि गर्ने थप ४२ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जिल्लाभरी होली मनाउँदा उश्रृङ्खल गतिविधि गरेका उनीहरूलाई पक्राउ गरिएको हो। दिउँसो सम्म २५ जनालाई पक्राउ गरिएकोमा साँझ थप १७ जनालाई पक्राउ गरिएको हो। बुधबार १० जनालाई पक्राउ गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले पक्राउ परेका ४२ जना मध्ये ६ जना बियरका बोत्तलसहित सडकमा भेटिएका युवा रहेका छन्।
पक्राउ परेकालाई घटनाको गम्भीरता हेरेर मुद्दा चलाउने वा आफन्तको जिम्मा लगाउने भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।