काठमाडौं– सुनसरीको धरानमा होली खेल्ने क्रममा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
झडपमा धरान–८ का २० वर्षीय नीमा तामाङको छुरी प्रहारबाट मृत्यु भएको सुनसरीका डिएसपी ज्ञानेन्द्र फुयालले जानकारी दिए।
उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा साँझ साढे ५ बजेतिर मृत्यु भएको हो।
मृतक तामाङको भने छातीको दाहिने भागमा छुरी प्रहार भएको थियो। झडपमा धरान–८ कै १७ वर्षीय मिलन बिक घाइते भएका छन्। उनको छातीमा सामान्य लागेको छ।
झडप दिउँसो साढे ३ बजेतिर भएको थियो।
घटनामा चार जनाको समूहले प्रहार गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ। उनीहरू फरार रहेकाले प्रहरीले खोजी गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।