• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

जनशक्ति माग र पूर्तिको अवस्थाबारे सरकार बेखबर, अध्ययन गर्दै निर्देशक समिति

64x64
नेपाल लाइभ बिहीबार, चैत ७, २०७५  १९:११
1140x725

काठमाडौं- विकासका लागि पूँजी र मानव संशाधन (जनशक्ति) दुई महत्वपूर्ण मानिन्छन्। पूँजी/लगानी जुटाउने तथा त्यसको बाँडफाँट गर्ने विषयमा सरकारले विभिन्न अध्ययन अनुसन्धान गरेपनि नेपालमा मानव संशाधनका विषयमा भने अहिलेसम्म कुनै आधिकारिक अध्ययन भएको छैन। 

नेपाली अर्थतन्त्रमा अहिले कति जनशक्ति उपलब्ध छ? आवश्यकता अनुसार जनशक्ति उपलब्ध छ/छैन? आगामी दिनमा नेपाली बजारमा कस्ता खाले जनशक्ति आवश्यक छन् भनेर अध्ययन गर्न सरकारले पहल थालेको छ। बजारमा जनशक्ति माग पूर्तिको अवस्था गर्न गत असोज २८ गते सरकारले निर्णय गरेको थियो। अहिले सोही निर्णयअनुसार काम सुरु भएको छ। 

शिक्षामन्त्रीको अध्यक्षतामा गठन भएको निर्देशक समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र एक जना सदस्य तथा दशवटा मन्त्रालयका सचिव सदस्य छन्। त्यसैगरी उक्त योजना पनि कार्यान्वयनमा लैजान कार्यदल पनि गठन भइसकेको छ।

मानव संशाधनसम्बन्धी अध्ययनका लागि गठन भएको मानव संशाधन (जनशक्ति) प्रक्ष्येपण कार्यदलका सदस्य डा. रुद्र सुवालका अनुसार अहिले सबै स्थानीय तहमा तथ्याङ्क संकलनको काम भइरहेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् सबै स्थानीय तहलाई सो तथ्याङ्क संकलन गरी उपलब्ध गराउन परिपत्र भइसकेको छ। 

कार्यदलले अबका २५ वर्षसम्म नेपाली बजारका कुन क्षेत्रमा कति जनशक्ति चाहिन्छ भनेर क्षेत्रगत रूपमा चाहिने जनशक्ति प्रक्ष्येपण गरेर चैत मसान्तभित्र सरकारलाई प्रारम्भिक प्रतिवेदन बुझाउने लक्ष्य राखेको थियो। तर, सबै स्थानीय तहले समयमा तथ्याङ्क उपलब्ध नगराएकाले थप समय लाग्ने देखिएको सुवालको भनाइ छ।  

Ncell 2
Ncell 2
nimb
nimb

अर्थतन्त्रका  विभिन्न आयामलाई १५ क्षेत्रमा विभाजन गरी फरक फरक क्षेत्रमा शीर्षकगत अध्ययन गरिनेछ। जसअन्तर्गत कृषि तथा वन, मत्स्यपालन, खानी तथा उत्खनन, उद्योग, विद्युत्, ग्याँस तथा पानी, निर्माण, थोक तथा खुद्रा व्यापार, होटल तथा रेस्टुरेन्ट, यातायात सञ्चार तथा भण्डारण, वित्तीय मध्यस्थता, रियल स्टेट, भाडा तथा व्यवसायिक सेवा, सार्वजनिक प्रशासन र रक्षा, शिक्षा, स्वास्थ्य र सामाजिक कार्य, अन्य सामुदायिक सामाजिक तथा व्यक्तिगत सेवा राखिएका छन्।  

उल्लेखिथ पेसा/व्यवसायमा रहेर जनशक्तिको वर्गीकरण गर्दा सुरक्षा, सशस्त्र सैनिक बल, व्यवस्थापक, पेशाविद्‍, प्राविधिक, सहायक कर्मचारी, सेवा तथा वस्तु बिक्री गर्ने कामदार, शिल्पकला तथा कालीगढीसम्बन्धी व्यापार गर्ने कामदार, यन्त्र तथा मेसिन अपरेटर, प्राथमिक पेसाका कामदारलगायतलाई समेटिएको छ। 

अहिले केही क्षेत्रमा जनशक्ति निकै बढी छन् भने केही क्षेत्रमा अपुग छ। विभिन्न शैक्षिक संस्था मानव संशाधन आपूर्ति गर्ने सबैभन्दा महत्वपूर्ण क्षेत्र हुन्। शैक्षिक संस्थाबाट निस्किने जनशक्तिले पछि गएर विभिन्न संस्थामा आबद्ध हुन्छन्। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

त्यसकारण पनि शैक्षिक संस्थासँग समन्वय गरेर अनुसन्धान अघि बढाउन लागेको सुवाल बताउँछन्। हरेक घरघरमा पुगेर जनशक्ति संकलन गर्ने काम स्थानिय तहले गर्ने भएपनि त्यसबाहेक अनुसन्धानका विभिन्न विधिहरुसमेत अध्ययनमा समेटिने उनको भनाइ छ। अध्ययनपछि कार्यदलले सरकारलाई सुझाव पनि पेस गर्नेछ।  

जनशक्ति प्रक्षेपणसँगै उद्योग, कृषि, निर्माण, शिक्षा स्वास्थ्यलगायत क्षेत्रमा आवश्यक पर्ने जनशक्ति तयार पार्ने पनि सरकारको लक्ष्य छ। राष्ट्रिय अर्थतन्त्र र जीवनस्तर उकास्ने विषयसँग मात्र नभई रोजगारका अवसर सिर्जना गर्न पनि यो अध्ययनले सहयोग पुर्‍याउने सदस्य सुवालको भनाइ छ।

प्रकाशित मिति: बिहीबार, चैत ७, २०७५  १९:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्