काठमाडौं- १० प्रतिशत सेवाशुल्क सहित ९ बुँदै माग अघि सारी पर्यटन क्षेत्रमा कार्यरत मजदुरले आन्दोलन घोषणा गरेका छन्। नेपाल ट्रेकिङ, ट्राभल्स, र्याफ्टिङ, एयरलाइन्स, पुरातात्विक, संस्कृति, कार्गो, कुरियर कर्मचारी युनियन-युनिट्राभ’ले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी आन्दोलनको घोषणा गरेको हो।
युनिट्राभले पर्यटन क्षेत्रमा काम गर्ने मजदुरले कामअनुसारको पारिश्रमिक नपाएको भन्दै १० प्रतिशत शेवा शुल्कको कार्यान्वयन हुनुपर्ने माग अगाडि सारेका छन्।
उनीहरुले आफूहरुका माग तत्काल सम्बोधन नभए नेपाल ट्रेकिङ, ट्राभल्स, र्याफ्टिङ, एयरलाइन्स, पुरातात्विक, संस्कृति, कार्गो, कुरियर क्षेत्रहरु बन्द गर्न समेत तयारी गरेको बताएका छन्।
युनिट्राभले सरकारलाई माग सम्बोधन गर्न चैत २१ गतेसम्मको समय दिएको छ।
साथै उनीहरुले जनवरी १ बाट लागू हुनेगरी ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले पदयात्रामा जाने पर्यटकको ज्यालामा वृद्धि गरेको थियो।
मजदुरका माग अनुसार ज्यालामा वृद्धि गरेको टानले जानकारी दिएपनि मजदुरले उचित पारिश्रमिक नपाएको गुनासो गर्दै आएका छन्।
यस्ता छन् मजदुरका माग


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।