काठमाडौं- कालिकोटबाट प्रसारण हुने रेडियो कर्णालीका वरिष्ठ प्राविधिक तथा सम्वाददाता कर्ण विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले कालिकोटस्थित रेडियो कर्णालीको स्टुडियोमा प्रवेश गरेर बिहीबार पत्रकार विश्वकर्मालाई पक्राउ गरेको हो।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिमा संलग्न रहेको आशंकामा प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ।
उक्त घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकषर्ण भएको भन्दै विज्ञप्ती समेत निकालेको छ।
‘कुनै पनि बहानामा पत्रकारलाई स्टुडियोमै पक्राउ गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हुनुका साथै संविधानविपरीतको कार्य हो। पत्रकारको संवैधानिक स्वतन्त्रतामाथि भएको यो हस्तक्षेपको भर्त्सना गर्दछ,’ महासंघद्धारा जारी विज्ञप्तीमा उल्लेख गएिको छ, ‘पक्राउ परेका पत्रकारको तत्काल रिहाई गरियोस्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।