काठमाडौं– महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले साढे ४ किलो चरेससहित दुई जनालाई पक्राउ गरेको छ।
महाशाखाबाट खटिएको प्रहरी टोलीले काठमाडौं–१५ चमतीबाट ४ किलो ६ सय ३० ग्राम चरेशसहित बिहीबार दिउँसो २ युवालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा धादिङको थाक्रे गाउँपालिका–३ का ३५ वर्षीय रामचन्द्र परियार र सोही ठाउँका ३६ वर्षीय सानुभाई दर्जी रहेको महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।
प्रहरीले उनीहरूको कोठाबाट झोलामा प्याक गरेर राखेको अवस्थामा चरेसका ९ वटा प्याकेट बरामद गरेको छ।
उनीहरू चरेस कारोबारी भएको प्रहरीले जानाएको छ। पक्राउ परेकाहरूलाई कारबाहीका महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।