काठमाडौं- सरकारले दुई वटा रेल किन्न स्वीकृति दिएको छ। रेल विभागलाई डेमु (डिजल इलेक्ट्रिक मल्टिपल युनिट) रेल किन्न ८४ करोड ९५ लाख बजेट स्विकृति दिइएको हो।
चैत ४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले यसबारे जानकारी गराएका हुन्।
यस्तै सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराईलाई नियुक्त गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।