काठमाडौं- सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिने आवदेन दिँदा सवारी प्रशिक्षण केन्द्रबाट लिएको प्रमाणपत्र बुझाउनु नपर्ने व्यवस्था गरेको छ।
सवारी तथा यातायात व्यवस्थापन ऐन, २०४९ को दफा ४८ को उपदफा २ मा रहेको सवारी सम्बन्धमा प्रशिक्षण केन्द्रले दिएको प्रमाणपत्रको प्रतिलिपी बुझाउनुपर्ने व्यवस्थालाई यातायात व्यवस्था विभागले संशोधन गरेको हो। नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन, २०७५ को दफा १२ ले यो व्यवस्था गरेको हो।
योसँगै अब सवारी चालक अनुमतिपत्रका लागि आवेदन दिँदा दरखास्तको साथ बुझाउनुपर्ने कागजजातमा सवारी चालक प्रशिक्षण केन्द्रको प्रमाणपत्र प्रतिलिपी बुझाउनु पर्दैन।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।