काठमाडौं– सैनिक मिडिया नीतिविपरीत हतियार बोकेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्ने एक सैनिक कारबाहीमा परेका छन्।
मिडिया नीतिविपरीत सैनिक कुचीकार सूर्यनारायण यादवले सैनिक तथा सिभिल पोसाकमा विभिन्न हतियार तथा उपकरणहरु सहित खिचिएका तस्बिर सामाजिक सञ्जाल फेसबुकमा राखेका थिए।
उक्त कार्यले सैनिकको मिडिया नीतिको बर्खिलाफ गरेको भन्दै नेपाली सेनाको जंगी अड्डाले कारबाही गरेको छ। उनलाई सैनिक अनुशासन तथा आचरणविपरीत काम गरेको भन्दै एकपटकका लागि सचेत गराइएको नेपाली सेनाले जनाएको छ।
कुचीकार यादवले फेसबुमा पोस्ट गरेका उक्त तस्बिरहरु हटाउन लगाई फेसबुक अकाउन्टसमेत बन्द गराउन लगाइएको सेनाले जनाएको छ।
उनी कार्यरत रहेको श्री रणचण्डी गणलाई समेत जंगी अड्डाले मिडिया नीतिको पूर्ण पालना गराउन निर्देशन दिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।