बाजुरा- कर्णाली करिडोरअन्तर्गत बाजुरा खण्डमा आजदेखि यातायात सञ्चालन गरिने भएको छ। जिल्लाको महत्वपूर्ण मार्गका रुपमा मानिएको ३५ किलोमिटर सडकखण्डको जिल्लाको जगन्नाथको लैफूदेखि हिमाली गाउँपालिकाको लेब्डीसम्म यातायात सञ्चालन गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
बाजुरा खण्डमा आजदेखि यातायात सञ्चालनमा ल्याइने भएपछि स्थानीयवासी उत्साहित छन्।
बाजुरासँगै छिमेकी जिल्ला हुम्ला र मुगुका नागरिकलाई पनि उक्त सडकखण्डले सहज बनाउने छ। नेपाली सेनाले निर्माण गरिरहेको २ सय ८५ किलोमिटर लामो सो करिडोर निर्माण गरिरहेकको हो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।