जनकपुर- महाेत्तरीमा ट्याक्टर र मोटरसाईकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएकाे छ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बर्दिबास नगरपालिका– ५ मा आज ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा सर्लाही हरिपुर–७ का २५ वर्षीय राजवीर रायको मृ्त्यु भएको हो।
इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी निरीक्षक प्रकाश सिंहका अनुसार उखु बोकेको ज १ त ९८४२ नम्बरको ट्र्याक्टर र बा ७ प ८१४३ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको हो।
मोटरसाइकलसँग ठोक्किएर सडकभन्दा तल पल्टिन गएको र ट्र्याक्टरबाट भाग्न खोज्दा सोही ट्र्याक्टरले च्याप्पिएर रायको मृत्यु भएको सिंहले बताए।
मोटरसाइकल चालक सर्लाही ईश्वरपुर नपा–१२ का ३३ वर्षीय कृष्ण रखाल घाइते भएका छन्।
उनको बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।