युवाहरू डाइटिङलाई फेसन नै सम्झिन्छन् आजकाल । प्लस टु पुस्ताका किशोरीहरू त डाइटिङलाई जीवनको अभिन्न अंग नै ठान्छन् । चिकित्सक युवा अवस्थामा डाइटिङ गर्न प्रोत्साहन गर्दैनन् । यो उमेर शरीरको हरेक अंग विकसित हुने अवस्था हो । निश्चित उमेरपछि शारीरिक विकासक्रम रोकिन्छ । विकासक्रम रोकिएपछि कुनै पनि प्रयासमा यसलाई फर्काउन सकिँदैन ।
किशोरावस्थामा शारीरिक वृद्धिका लागि अत्याधिक क्याल्सियमको जरुरत पर्छ । यस अवस्थामा डाइटिङ गर्नाले शरीरलाई आवश्यक क्यालोरी तथा पोषक तत्व शरीरले लिन पाउँदैन, जसले शारीरिक विकासक्रम अवरुद्ध हुन्छ ।
किशोरीमा डाइटिङले महिनावारी गडबड हुने वा रोकिनेजस्ता नकारात्मक असर पुर्याउँछ । युवा अवस्थामा जंकफुड धेरै सेवन गर्नु हुँदैन । युवा अवस्थामा वजन कम गर्ने सर्वश्रेष्ठ विधि शारीरिक व्यायाम हो । यस्तो अवस्थामा डाइटिङले वजन कम गर्नु मूर्खता हो । अनावश्यक तौल घटाउन अन्य विधि पनि अपनाउन सकिन्छ ।
तौल कसरी कम गर्ने
– खानाको मात्रा होइन जंकफुड वा फास्टफुड कम गर्ने
– तरल पदार्थको सेवन बढी गर्ने
– हरियो सागसब्जी बढी खाने
– ताजा सलाद खाने
– नियमित शारीरिक व्यायाम गर्ने
जीवनशैली परिवर्तन गर्ने उपाय
– दैनिक मर्निङवाक गर्ने र खेल्ने
– लिफ्ट होइन भर्याङ चढ्ने
– घरायसी सामान्य काम आफैँ गर्ने
– जंकफुड नखाने, फास्टफुड कम गर्ने
– तनाव नलिने
– मनोरञ्जन गर्ने
– समय समयमा स्वास्थ्य परीक्षण गर्ने
– धूमपान, मद्यपान त्याग्ने
– खराब संगत छाड्ने
– अरूलाई सम्मान गर्ने
– फाइबरयुक्त रेशादार खाना खाने
– फलफूल दैनिक खाने
– नियमित व्यायाम गर्ने
– चिल्लो पदार्थ धेरै नखाने
– नुनको मात्रा कम गर्ने
– घरेलु उपचारलाई प्राथमिकता दिने
– रातो मासु कम खाने
– सेकुवा, भुटुवा नखाने
– बेड टी नलिने, यसको ठाउँमा मनतातो पानी पिउने
– सलाद बढी खाने
– पानी धेरै पिउने
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।