प्रदेश २ मा बिहीबार र शुक्रबार सार्वजनिक बिदा

नेपाल लाइभ | २०७५ चैत ६ बुधबार | Wednesday, March 20, 2019 १२:०८:०० मा प्रकाशित

जनकपुर- तराई/मधेशमा भोलि र पर्सि मनाइने होली पर्वको लागि प्रदेश २ सरकारले २ दिन सार्वजनिक बिदा घोषणा गरेको छ।

प्रदेश २ सरकारले चैत ७ र ८ अर्थात बिहीबार र शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयले जनाएको छ। मिथिलाञ्चलमा १५ दिने धार्मिक तथा एतिहासिक मिथिला माध्यमिक परिक्रमा सम्पन्न भएको भोलिपल्ट होली पर्व मनाउने परम्परा छ।

मध्यमा परिक्रमा बुधबार जनकपुर आइपुग्ने र बिहीबार बिहान जनकपुरको अन्तरगृह परिक्रमा गरी समापन हुनेछ। त्यसकारण मिथिलाञ्चलमा शुक्रबार होली पर्व मनाइने जनकी मन्दिरका सहमहन्त रामरोशन दास वैष्णवले बताए।

होली पर्वको अवसरमा प्रदेश २ सरकारले शुभकामनासमेत व्यक्त गरेको छ।