रुकुम- भारी हिमपात र वर्षाका कारण अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको काँक्री–बुर्तिवाङ सडकखण्ड पुनः सञ्चालनमा आएकाे छ। सडकमा हिउँ जमेपछि पुसबाट अवरुद्ध भएको मध्यपहाडी लोकमार्गमा डोजरमार्फत हिउँ हटाएपछि सञ्चालनमा आएको हो। मध्यपहाडी लोकमार्ग खुलेसँगै यातायातका साधन सञ्चालनमा आएका छन्।
मध्यपहाडी लोकमार्ग खुलेपछि जिल्लावासीलाई यात्रामा सहज भएको छ। मध्यपहाडी लोकमार्गमा गाडी चल्न थालेपछि सर्वसाधारण खुसी भएका छन्। मध्यपहाडी लोकमार्ग भएर सदरमुकाम रुकुमकोट, भुमेको काँक्रीबाट जिल्लाको तकसेरा हुँदै बागलुङ, पोखरा, चितवन, काठमाडौं पुग्न सजिलो भएको छ।
सडक अवरुद्ध हुँदा रुकुम (पूर्व)का नागरिक काठमाडाैं पुग्न रुकुम (पश्चिम) हुँदै राप्ती लोकमार्ग र रोल्पा हुँदै सहिद मार्गको रुट प्रयोग गर्न बाध्य थिए।
राजधानी पुग्न राप्ती लोकमार्ग र सहिद मार्गभन्दा मध्यपहाडी लोकमार्ग भएर जाँदा झन्डै २ सय किलोमिटर दूरी कम पर्ने गर्दछ। मध्यपहाडी लोकमार्ग खुलेसँगै लामो रुट प्रयोग गरी यात्रा गर्नुपर्ने बाध्यता टरेको सिस्ने गाउँपालिका–५ का सुदन बस्नेतले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।