काठमाडौं- मंगलबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) प्रचण्डविरुद्ध अमेरिकामा उजुरी, युद्ध अपराध र आतंकवादी कार्यमा संलग्न भएको आरोप
२) नागरिकतामा अब उपनाम पनि राख्न पाइने, नागरिकता लिन सम्वन्धित अधिकारीसमक्ष पुगे इन्कार गर्न नपाउने व्यवस्थासमेत राखिने
३) निर्मला हत्या प्रकरणः पूर्व एसपी दिल्लीराज विष्ट अदालत हाजिर, सञ्चार माध्यममार्फत उपस्थित हुन सूचना पाएको प्रतिक्रिया
४) रोनाल्डोमाथि खेलका क्रममा अमर्यादित व्यवहार देखाएको आरोप, २० हजार युरो जरिवाना
५) र, भारतीय व्यवसायी मुकेशले तिरिदिए एरिक्सनलाई तिर्नुपर्ने भाइको ४ सय ६२ करोड, जेल जानबाट जोगिए अनिल
अब हेरौं पूरा समाचार
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।