राजविराज– संवैधानिक प्रकृया स्विकार्दै जनमत पार्टी गठन गरेका डा. सिके राउत मंगलबार आफ्नो गृह जिल्ला सप्तरी आएका छन्।
मधेश आन्दोलनका क्रममा २०६३ माघ ५ गते निधन भएका रमेश महतो सिरहाको लहान स्थित शालिकमा माल्यार्पणपछि उनी सप्तरी प्रवेश गरेका हुन्।
सिरहाको लहानमा दुई दिनसम्म चलेको स्वतन्त्र मधेस गठबन्धनको राष्ट्रिय परिषद् बैठकबाट जनमत पार्टी गठन गरेपछि पहिलो पटक राउत गृहजिल्ला आएका हुन्।
मोटरसाईकल, ट्याक्टरलगायतका सवारी साधनमा कार्यकर्ता सहित राउत गृहजिल्ला प्रवेश गरेका हुन्।
कार्यकर्ताहरुले ‘सिके राउत जिन्दावाद–जनमत पार्टी जिन्दावाद, जनमत दो–आजादी लो’ लगायतका नारा लगाएका छन्।
सप्तरीको रुपनी-राजविराज हुँदै राउत भारदहस्थित हनुमाननगर कंकालनी नगरपालिका १ भारदहस्थित कंकालनी मन्दिर पुगेका छन्।
मन्दिरमा पूजापाठपछि महदेवा गाउँपालिकास्थित घर जाने कार्यक्रम रहेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।