काठमाडौं- साझा प्रकाशनका महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले राजीनामा दिएका छन्।
आफ्नै छापाखाना र देशभर जग्गा भएको साझा प्रकाशन धराशायी भएको, कर्मचारीहरू आन्दोलनरत रहेको, तलब नपाएको, कर्मचारी र नेतृत्वबीच राम्रो सम्बन्ध नभएको, सञ्चालक समिति र कर्मचारीको सम्बन्ध बिग्रिएकोलगायतका आरोप लागेका शर्माले ४ दिनअघि नै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याललाई राजीनामा बुझाएका हुन्।
यसअघि साझामा देखिएको बेथिति रोक्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले महाप्रबन्धक शर्मालाई स्पष्टीकरण माग गर्न साझा प्रकाशनलाई निर्देशन दिएकी थिइन्।
साझा प्रकाशन सहकारी संस्थाले गत बुधबार पत्राचार गरी ३ दिनभित्र सञ्चालक समितिसमक्ष स्पष्टीकरण माग गर्दै शर्मालाई पत्राचार गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।