मुख गन्हाउने समस्या धेरै कारणले सृजना हुन्छ । मुखमा दुर्गन्ध भएको मानिसले कुरा गर्दा वा सास फेर्दा उसको मुखबाट निस्कने हावा पनि दुर्गन्धित हुन्छ ।
मानिसले यो समस्याका बारेमा जानीजानी पनि हेलचेक्र्याई गरिरहेका हुन्छन् । मुख गन्हाउने धेरै कारण भएपनि सामान्यतया मुखबाट दुर्गन्ध आउनुमा दाँत र गिजामा समस्या आउनु, दाँतमा फोहोर जम्नु, टन्सिलको संक्रमण, नाक वा साइनसमा विकार आउनु, मुखमा घाउ निस्कनु, स्वासनली वा फोक्सोमा समस्या हुनु मुख्य कारण हुन् ।
यसका लागि तपाईले व्रेथ टेस्ट गर्नु पर्ने हुन्छ । व्रेथ टेस्टपश्चात के कारणले मुख गन्हाएको पत्ता लागेपछि चिकित्सकको सल्लाहमा उपचार गर्नुपर्ने हुन्छ ।
- डा. सुशील कोइराला, वरिष्ठ दन्तरोग विशेषज्ञ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।