समान्यतया धेरै मानिस तातो चिया पिउ“छन् । तपाई पनि तातो चिया पिउनुहुन्छ भने सचेत रहनुहोला । तातो चियाले घाँटीको क्यान्सर हुन सक्ने एक अध्ययनले देखाएको छ ।
ब्रिटिस मेडिकल जर्नलमा छापिएको सो अध्ययनअनुसार तातो चिया पिउने मानिसमा खाना खाने नली तथा घाँटीको क्यान्सर हुने सम्भावना आठ गुणाबढी हुन्छ ।
‘धेरै तातो चिया पिउने मानिसमा मनतातो चिया पिउने मानिसको तुलनामा क्यान्सरको खतरा आठ गुणाबढी हुन्छ’ अध्ययन प्रतिवेदनमा भनिएको छ । यो अध्ययन ५० हजार मानिसमा गरिएको थियो । तातो चियाले घाँटीमा रहेका नरम तन्तुहरुलाई क्षति गर्छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।