• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

के आँखा पनि अल्छी हुनसक्छ ?

64x64
नेपाल लाइभ मंगलबार, चैत ५, २०७५  १०:२१
1140x725

पालमा २०४६ सालको जनआन्दोलनपश्चात स्वास्थ्य क्षेत्रको विकासमा पनि    उल्लेख्य प्रगति भएको पाइन्छ । हालैका केही वर्षहरुमा स्वास्थ्य प्रदायक संस्था तथा मेडिकल कलेजको संख्यात्मक वृद्धिले स्वास्थ्य क्षेत्रका विभिन्न विधामा दक्ष जनशक्तिको संख्यात्मक तथा गुणात्मक वृद्धि उत्साहजनक अवस्थामा छ । तर पनि नेपाली समाजमा व्याप्त गरीबी, अशिक्षा तथा अन्धविश्वासले गर्दा मानव स्वास्थ्यसम्बन्धी जनचेतनाको विकास यथोचित मात्रामा हुन सकिरहेको छैन । यसैगरी आँखा स्वास्थ्यसम्बन्धी जनचेतनाको पनि कमी नै छ । यसै परिप्रेक्षमा आज हामी ‘अल्छी आँखा’का विषयमा चर्चा गर्न गइरहेका छौं ।

 
आँखा पनि अल्छी हुन्छ भन्ने कुरा सुन्दा  हामीमध्ये धेरै जनालाई अचम्म लाग्न सक्छ । मान्छे पो अल्छी हुन्छ, आँखा पनि कहिं अल्छी हुन्छ र ? हो आँखा पनि अल्छी हुन्छ । अल्छी आँखालाई चिकित्सा विज्ञानको भाषामा एम्बलोपिया भन्ने गरिन्छ । हाम्रो बोलीचालीको भाषामा अल्छी आँखालाई लेजी आई भनिन्छ । सामान्य रुपले बाहिरबाट हेर्दा अल्छी आँखा स्वस्थ आँखा झै देखिन्छ । तर यसको दृष्टि क्षमता सामान्य आँखा भन्दा कमजोर हुन्छ । अल्छी आँखा भएको व्यक्तिले मधुरो देख्छ । उनीहरूमा  कहिलेकाहि डेढोपन पनि हुनसक्छ । सामान्यतयाः दृष्टि दोष भएको आँखाले चश्मा प्रयोग गरेपछि सामान्य व्यक्तिले भैmं स्पष्ट देख्नसक्छ । तर, अल्छी आँखा भएको  व्यक्तिले चश्माको प्रयोग गर्नासाथ सामान्यले झैं देख्न सक्दैन । तसर्थ, अल्छी आँखाको पहिचान र उपचार  कलिलो उमेरमा नै हुनु अत्यन्त जरुरी छ । त्यसैले बालबालिकाको सामान्य आँखा जाँच स्कूल भर्ना गर्नु अगावै गर्नु वेश हुन्छ ।


 आँखाको दृष्टि क्षमताको विकास

 
नवजात शिशुले जन्मने वित्तिकै देख्न सक्दैन । केही समयपछि ऊ विस्तारै आँखा उघार्ने र बन्द गर्ने क्रियाकलाप गर्न थाल्छ । त्यसपछि क्रमशः उज्यालो र अँध्यारो महशुस गर्नसक्ने हुन्छ । १–२ हप्तापछि विस्तारै आँसुुको उत्पादन सुरु हुन्छ । त्यसबाट आँखालाई ओसिलो र कर्नियालाई चम्किलो राख्न मद्धत पुग्छ । केहि महिना पछि शारिरिक वृद्धि सँगै आँखाको साईज, कर्निया, लेन्स, रेटिना आदिको विकास हुदै जान्छ । त्यसपछि शिशुहरुले आमाको अनुहारमा हेर्ने, चिन्ने साथै उज्यालो र आवाजको दिशातर्फ हेर्ने गर्छन् ।

 

खासगरी  शिशुको आँखाको बनोट र  दृष्टि क्षमताको विकास २ वर्षको उमेरसम्म तिव्र गतिले हुने गर्दछ । करिब ७  देखि  ८ वर्षको उमेर पुगिसकेपछि भने वयश्क व्यक्तिको सरह आँखाको दृष्टि परिपक्क भै सकेको हुन्छ । कलिलो उमेरमै कुनै कारणले बालवालिकाको आँखामा  दृष्टि क्षमताको विकासमा अवरोध पुग्न गएमा भविष्यमा यी वालवालिकाको दृष्टि क्षमता कमजोर हुन्छ । त्यसैगरी ससाना केटाकेटीमा दृष्टिदोषको उपचार नभएमा पनि एउटा वा दुवै आँखाको दृष्टि क्षमतामा कमी हुन जान्छ र उनीहरू अल्छी आँखाको शिकार बन्न पुग्छन् ।

 
अल्छी आँखा कसरी चिन्ने ?

 
अल्छी आँखाका विशेष लक्षण हँुदैनन् । अल्छी आँखाको दृष्टि कमजोर हुने हुनाले कमजोर आँखा नै त्यसको प्रमुख लक्षण हो । यसबाहेक आँखाको गेडी दुख्ने र चाँडै थाक्ने, एकछिन पढ्ने बित्तिकै मधुरो देख्ने, टाउको दुख्ने र आँशु बग्ने हुन्छ । पढ्ने बेला किताबलाई आँखा नजिकै लैजाने, आँखा चिम्सो पार्ने र कहिलेकाहि डेढो हेर्ने हुन्छ । नजिकै गएर टेलिभिजन हेर्ने लक्षण देखाएमा अल्छी आँखाको शंका गर्न सकिन्छ । अल्छी आँखालाई ४ भागमा वर्गीकरण गरिन्छ ।
कलिलो उमेरमा दृष्टिदोषको उचित उपचार नहुनु, एउटा आँखाको पावरभन्दा अर्को आँखाको पावर ज्यादै भिन्न हुनु, डेढोपनको पहिचान र समुचित उपचार नहुनु, भिटामिन ए को कमी तथा कर्नियाको संक्रमण हुनु, आँखाको चोटपटक तथा फूलो पर्नु , सही पावर अनुसारको चस्मा प्रयोग नगर्नु, उमेर अनुसारको चस्माको पावर समायोजन गर्न नसक्नु नै अल्छी आँखा हुनुका प्रमुख कारण हुन् । यी बाहेक जन्मजात मोतिविन्दुको शल्यक्रिया नहुनु र मोटो चश्मा नलगाउनु, परेली झर्ने समस्याको उपचार नगर्नु आदि कारण पनि छन् ।

Ncell 2
Ncell 2
nimb
nimb

 
 सम्भव छ त उपचार ?

 
अल्छी आँखाको उपचार गर्नु अगावै सम्बन्धित विषेशज्ञद्वारा आँखाको बिस्तृत परीक्षण गरेर मात्र शुरु गर्नुपर्छ । खासगरी दृष्टि परीक्षण, माक्रोस्कोपद्वारा आँखा जाँच , चस्माको पावर जाँच, अर्थोप्टिक्स जाँच र  कलर भिजन परीक्षण  गर्नुपर्छ । केटाकेटीको आँखामा औषधि हालेर नानी फुलाई गरिने पावर जाँच गर्नुपर्ने भएकोले आँखासम्बन्धी सम्पूर्ण जाँच पूरा गर्नका लागि अस्पताल जानुपर्ने हुन्छ ।

उपचार विधि

अल्छी आँखाको उपचार विधि विशेष किसिमको हुन्छ । यिनीहरुमध्ये तीन किसिमका उपचार पद्दति प्रभावकारी हुन्छन् । एउटा उपचार पद्दति अर्कोको विकल्पको रुपमा  नभएर एक अर्काका परिपूरक हुन् ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

 १) चश्मा लगाइ उपचार गर्ने विधि

नियमित चश्मा लगाउनाले वालवालिकामा स्पष्ट देख्नसक्ने क्षमताको क्रमिक विकास हुँदै जान्छ ।  चश्माको नियमित प्रयोग तथा भिजन थेरापी गरी अल्छी आँखाको उपचार गर्न सकिन्छ । तिनीहरुलाई आखाँको प्रयोग गराएर अर्थात् पढ्ने, लेख्ने, कम्प्युटर चलाउने, गेम खेल्ने, चित्र कोर्ने, रंग भर्ने दृष्टिसँग सम्बन्धित क्रियाकलाप गराएर दृष्टिमा सुधार गर्न सकिन्छ । उमेर बढ्दै जाँदा चश्माको पावर पनि परिवर्तन गर्नुपर्ने हुनाले चिकित्सकको सल्लाह अनुसार अभिभावकहरुले नियमित रुपले अस्पतालमा जाँच गराउनु पर्छ । केटाकेटीहरुले चश्माको शिशा कोर्ने, भाँच्ने, फुटाउने आदि गर्ने हुनाले चश्माको सुरक्षा र मर्मत–सम्भारमा पनि अभिभावकले उत्तिकै ध्यान दिनु जरुरी हुन्छ ।

२) आँखामा पट्टी लगाउने विधि

यो उपचार विधि अल्छी आँखाको उपचारको प्रभावकारी विधि हो । अल्छी मान्छेलाई बढी काममा जोतेजस्तै अल्छी आँखालाई बढी समय खुल्ला राखि काममा लगाएर अर्को सामान्य आँखालाई पट्टीले छोपेर (आरम दिएर) उपचार गरिन्छ । आँखामा पट्टी कसरी लगाउने हो भन्ने चाहिँ अभिभावकलाई राम्रो सिकाउनु पर्छ । एकपटकमा एउटा आँखामा मात्र पट्टी लगाउने गरिन्छ । कुन आँखामा पट्टी लगाउने? दिनको कति घण्टा आँखामा पट्टी लगाउने र कति घण्टा खुल्ला राख्ने ? हप्ताको कति दिन पट्टी लगाउने ? दिनको कुन समयमा पट्टी लगाउने ? स्कूलमा के गर्ने ? घरमा के गर्ने ? आदि प्रश्नको उत्तर भने आँखा बिशेषज्ञले उपचारार्थ केटाकेटीको उमेर, दुबै आँखाको दृष्टि एवं अन्य विविध पक्षलाई समेत ध्यान दिई अन्तर्राष्ट्रिय मान्यता अनुसार तय गर्छन् । उपचारको सिलसिलामा दृष्टि क्षमतामा आउने सुधार र केटाकेटीको उमेर अनुसारको दृष्टि परिवर्तन एव. परिमार्जन गर्नुपर्ने हुन्छ ।


नजिकको बस्तु राम्रोसँग देख्ने र टाढाको वस्तु नदेख्ने केटाकेटीमा यो उपचार बढी प्रभावकारी हुन्छ । नजिक र टाढाको वस्तु स्पष्ट नदेख्ने भएका केटाकेटीमा तुलनात्मक रुपले यो उपचार कम प्रभावकारी हुन्छ । साथै जति कलिलो उमेरमा यो उपचार शुरु ग¥यो, यो त्यति नै बढी प्रभावकारी हुन्छ । यो उपचार ८–९ वर्षको उमेरसम्म जारी राख्नुपर्छ । प्रायजसो केटाकेटीको उमेर १० वर्ष नपुगेसम्म यो उपचार पद्दति प्रयोग गरिन्छ । वयस्क भएपछि अर्थात कलेज पढ्ने उमेरका विद्यार्थीमा यो उपचार प्रभावकारी हँुदैन । यो उपचार विधि शुरु गनुअघि अभिभावक र वालवालिकासँग यसको सकारात्मक पक्ष तथा कहिलेकाहिँ नकारात्मक पक्ष, जस्तैः पट्टीको एलर्जी एवं  सम्भावित मनोवैज्ञानिक असरको बारेमा  पनि छलफल गर्नु आवश्यक हुन्छ ।

३) डेढो आँखा सुधार गरी अल्छी आँखाको उपचार बिधि

कलिलो उमेरका वालवालिकामा दृष्टिदोष र डेढोपनको उचित उपचार समयमा नै नभएमा उनीहरु अल्छी आँखाको शिकार बन्न पुग्छन् । तसर्थ उनीहरुलाई आवश्यकता अनुसार चस्मा लगाइदिएर आँखामा पट्टी लगाउने उपचार पद्दति समेत अनुसरण गरी दृष्टि क्षमतामा सुधार ल्याउन सकिन्छ । त्यसपछि आवश्यकता  हेरी उपयुक्त उमेरमा डेढोपनको शल्यक्रिया गरिन्छ । त्यसपछि पनि चस्मा लगाइदिएर आँखामा पट्टी लगाउने उपचार पद्दतिलाई निरन्तरता दिनु  आवश्यक छ । यी उपचार पद्दतिबाहेक अन्य उपचार विधि पनि छन् । तर ती बिरलै मात्र प्रयोगमा आउने गर्दछन् ।

 
अन्तमा, हरेक अभिभावकले आफ्ना वालवालिकाको स्वास्थ्य परीक्षणको सिलसिलामा आँखा पवनि परीक्षण गराउनु पर्छ । आफ्ना ससाना नानीहरुलाई स्कूल पठाउनु अगाडि उनीहरुको आँखाको जाँच गराउनु आवश्यक हुन्छ । जसले गर्दा उनीहरुको आँखाको दृष्टिको समुचित विकास भएको छ वा छैन, चश्माको प्रयोग गर्नु पर्ने हो वा होइन भन्ने थाहा पाउन सकिन्छ । यस बाहेक स्कुलका शिक्षकहरुले पनि आफनो कक्षाका विद्यार्थीले  सेतो  बोर्ड वा कालो पाटीमा लेखेको विषयवस्तु पछाडिको बेन्चबाट देख्न सक्छन् या सक्दैनन्, नदेखेर  साथीको हेरेर पो सार्ने गछनर्् कि ? आदि कुरामा ख्याल राख्नुपर्छ । आँखा कमजोर भएको शंका लागेमा सम्बन्धित अभिभावकलाई जानकारी दिई चिकित्सक कहाँ जँचाउने सल्लाह दिनुपर्छ । किनभने अल्छी आँखा र कमजोर दृष्टि भएका बालबालिका भविष्यमा रोज्नसक्ने कतिपय प्राबिधिक पेसा तथा विशेषज्ञता हासिल गर्नबाट बन्चित हुन सक्छन् । त्यसैले अल्छी आँखाको पहिचान र उपचार समयमै हुनु अति आवश्यक छ ।

डा. आनन्द शर्मा, आँखा रोग बिशेषज्ञ

 

प्रकाशित मिति: मंगलबार, चैत ५, २०७५  १०:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
भारी वर्षपछि कोलकाताको पूजा पण्डालमा भएको भागदौडमा १९ को मृत्यु, २५ घाइते आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्