जनकपुरधाम- हङकङमा सम्पन्न तेश्रो एसियाली युथ एथलेटिक्समा स्वर्ण पदक प्राप्त गरेको सप्तरी निवासी अजित यादवलाई प्रदेश सरकारले ५ लाख पुरस्कार दिने घोषणा गरेको छ।
मन्त्रिपरिषदको सोमबार सम्पन्न बैठकले अजित तेश्रो एसियाली युथ एथलेटिक्समा स्वर्ण पदक प्राप्त गरेर मुलुकको साथै प्रदेश नं.२ को नाम समेत विश्वस्तरमै स्थापित गरेको भन्दै प्रोत्साहन स्वरुप पाँच लाख नगद पुरस्कार सहित सम्मान गर्ने निर्णय गरेको हो।
हङकङमा आइतबार भएको तेश्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपको पुरुष तर्फ तीन हजार मिटर दौडमा ८ मिनेट ३०.३२ सेकेण्डमा पूरा गर्दै सप्तरी जिल्ला निवासी अजित कुमार यादवले नेपाललाई युथ एशियाली खेलकूदमा पहिलोपटक स्वर्ण पदक दिलाउन सफल भएका हुन्।
अजित यादव प्रतियोगितामा नेपाललाई स्वर्ण दिलाउने पहिलो खेलाडी समेत बनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।