• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

\'प्याकेज सहमति\'का लागि पौडेल समूहको सात बुँदे प्रस्ताव 

64x64
नेपाल लाइभ सोमबार, चैत ४, २०७५  १८:१७
1140x725

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्याकेजमा सहमतिका लागि सात बुँदे प्रस्ताव पार्टी सभापति शेरबहादुर देउवा समक्ष राखेका छन्। 

सोमबार डाकिएको बैठक अघि बसेको शीर्ष नेताहरुको बैठकमा पौडेलले मौखिक प्रस्ताव राखेको उनी निकट नेता नविन्द्रराज जोशीले जानकारी दिए। महासमितिको म्यान्डेटअनुसार विधान बनाउनुपर्ने, जिल्ला सभापतिहरूको माग  सम्बोधन गरिनुपर्ने, अनुशासन र निर्वाचन समिति सर्वसहमतिबाट चयन गरिनुपर्ने प्रस्ताव पौडेलले सभापति देउवा समक्ष पेस गरेका हुन्।

यसका साथै, नेविसंघको तदर्थ समिति नेतृत्व सर्वसहमतिबाट चयन गर्नसमेत माग गरिएको छ। पूर्णता पाउन नसकेका भ्रातृ संगठनलाई अबिलम्व पूर्णता दिनुपर्ने प्रस्ताव पौडेल समूहले राखेको छ। १४औं महाधिवेसन नियमित समयमा सम्पन्न गर्नुपर्ने पौडेलले दोहोर्‍याएका छन्।

प्याकेजमा सहमति गर्न माग गर्दै आएको संस्थापन इतर समूहलाई मनाउनका लागि पार्टी सभापति देउवाले सोमबार शीर्ष नेताको बैठक बोलाएका थिए। तर सो बैठकबाट पनि कुनै निष्कर्ष निस्कन सकेको छैन। 

अनुशासन समिति र निर्वाचन समिति गठनको निर्णय गर्न सोमबार केन्द्रीय समितिको बैठक बोलाइएको थियो। तर सर्वसहमतिबाट निर्णय गराउनुपर्ने अडानमा रहेका संस्थापन इतर समूहका नेतालाई मनाउन ११ बजेदेखि शीर्ष तहका नेताको बैठक बसिरहेको छ। 

देउवा कार्यकक्षमा पौडेलसहित उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशांक कोइराला, नेताहरु अर्जुननरसिंह केसी, डा रामशरण महतलगायतका नेताहरु छलफलमा जुटेका थिए। 

बैठकमा कुनै सहमति हुन नसकेपछि केही समयका लागि बाहिरिएका वरिष्ठ नेता पौडेलले भने, ‘सातवटा प्रस्ताव राखेको छु। कुनै सहमति भएको छैन।’ केन्द्रीय समितिको बैठकका लागि पुगेका नेताहरु शीर्ष नेताबीच कुनै सहमति हुन नसकेपछि बाहिरिएका थिए। यसअघि आइतबार देउवा निवासमा भएको छलफलमा उपस्थित अर्जुननरसिंह केसीले केन्द्रीय कार्यालयबाट बाहिरिँदै गर्दा भने, ‘महासमितिमा गरिएको प्रतिबद्धता विपरीत पारित गरिएको विधानमा असहमति त छँदै थियो। अनुशासन र निर्वाचन समितिको विवादसमेत थपिएको छ।’
 
संस्थापन पक्षले अनुशासन र निर्वाचन समिति गठन प्रक्रियालाई सर्वसहमतिमा बनाउन नचाहेको इतर समूहको आरोप छ। दुबै समिति न्यायिक समिति भएकाले सर्वसहमतिमा चयन हुनुपर्ने केसीले बताए। दुबै पक्ष सहमतिमा आउन मध्यमार्गी बाटो खोज्न इतर समूह तयार भएपनि संस्थापन पक्षले विकल्पमा प्रवेश गर्नै नचाहेको बताइएको छ। 

पौडेल समूहका नेताहरुले अनुशासन समितिले निर्णय गर्दा बहुमतको आधारमा गर्न नहुने विकल्प सारेका थिए। ‘न्याय सन्तुलन र पारदर्शितापूर्ण तरिकाले समिति गठन होस्। कांग्रेसका कुनै पनि कार्यकर्तालाई पूर्वाग्रहको आधारमा  कारबाही नहोस् भन्ने हो,’ केसीले भने।

Ncell 2
Ncell 2
nimb
nimb

समितिहरुमा रहने व्यक्तिका विषयमा विवाद हुन नहुने इतर समूहले स्पष्ट पारेको छ। केसीले भने, ‘व्यक्तिका बारेमा समस्या होइन। सर्वसहमतिबाट निर्णय गरौं। यदि त्यसो गर्न सकिदैन भने अनुशासन समितिको निर्णय सर्वसहमतिबाट पारित गर्नैपर्ने लिखित सहमति गरौं।’ अनुशासन समितिलाई लिखित कार्यादेश दिएर गठन गर्न इतर समूहका नेता सहमत भएका छन्। तर, देउवा पक्षीय नेताहरुले उनीहरुको प्रस्तावको सुनुवाई गरेका छैनन्।

संस्थापन पक्षका नेताहरुले अर्को पक्षले निर्णय हुन नदिएर पार्टीलाई बन्दी बनाएको आरोप लगाएका छन्। देउवा पक्षीय नेता वीरबहादुर बलायरले केन्द्रीय समितिको बैठक हुन नसकेपछि कार्यालयबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीसँग भने, ‘अनिर्णयको बन्दी पार्टीलाई बनाउन मिल्दैन। गठन प्रक्रियामा सहमति नजनाए बहुमतबाट प्रस्ताव पारित हुन्छ।’ इतर समूहले ल्याएको प्रस्ताव स्वीकार्न नसकिने उनको भनाइ थियो। अर्कोतर्फ, इतर समूहका नेता केसीले भने बहुमतबाट पारित गरिए पार्टीमा अर्को द्वन्द्व सुरु हुने चेतावनी दिए।

इतर समूहका नेताहरुलाई संस्थापन पक्षको रुचिअनुसार बनेको समितिले आफू निकट नेता तथा कार्यकर्तालाई कारबाही गर्ने डर छ। निर्वाचनको समयमा अन्तर्घातले पार्टी पराजय भएको देउवा पक्षीय नेताहरुको ठम्याइ छ। त्यसकै आधारमा इतर समूहका नेता तथा कार्यकर्तालाई प्रतिघातको आरोपमा कारबाही गर्ने आशंका उनीहरुमा रहेको आँकलन छ। 

चार घन्टा देउवा कार्यकक्षमा छलफलमा जुटेर बाहिरिएका वरिष्ठ नेता पौडेल पुनः कार्यालय फर्केपनि साँझ ७ बजेसम्म केन्द्रीय कार्य समितिको बैठक सुरु हुन सकेको छैन।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

शीर्ष तहका नेताको बैठकमा तेस्रो धारका नेता मानिने कृष्णप्रसाद सिटौला भने उपत्यका बाहिर रहेकाले उपस्थित भएका छैनन्। 

प्रकाशित मिति: सोमबार, चैत ४, २०७५  १८:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन
सम्बन्धित सामग्री
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन समाचारको तथ्य, प्रस्तुति र पत्रकार आचारसंहितासम्बन्धी विवाद हेर्नु काउन्सिलको जिम्मेवारी भए पनि फेसबुकमा हुने हरेक व्यक्तिगत झगडा पत... आइतबार, कात्तिक १, २०८३
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण शनिबार हेलिकोप्टरमार्फत चुमनुब्री–३ को सिर्दिवास झरेका गुरुङले त्यस क्षेत्रको अवलोकन तथा निरीक्षण गरे । सिर्दिबास गृहमन्त्री गुरुङको... आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो एमाले गण्डकी संसदीय दलकी प्रमुख सचेतक देवका पहारी त्रिपाठीको संयोजकत्वमा गठित तीन सदस्यीय छानबिन समितिले तयार पारेको प्रतिवेदनका आधा... आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
भारी वर्षपछि कोलकाताको पूजा पण्डालमा भएको भागदौडमा १९ को मृत्यु, २५ घाइते आइतबार, कात्तिक १, २०८३
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्