जनकपुर– प्रदेश २ मा नयाँ उद्योगलाई आकर्षित गर्न प्रदेश सरकारले उपहारको व्यवस्था गर्ने भएको छ।
मन्त्रिपरिषद्को आज सम्पन्न बैठकले उद्योग नीतिलाई उद्योगी मैत्री बनाउन प्रदेश २ मा नयाँ उद्योग स्थापना गर्नेलाई २० वर्ष सम्म प्रदेश सरकारले कुनै कर नलिने निर्णय गरेको हो।
त्यस्तै, प्रदेश सरकारले उद्योग स्थापनाको लागि निशुल्क लिजमा जग्गा उपलब्ध गराउनुका साथै उद्योगको सुरक्षाको पूर्ण ग्यारेन्टी दिन उद्योग सुरक्षा बल समेत गठन गर्ने निर्णय गरेको हो।
हालको उद्योग दर्ता प्रक्रियालाई सजिलो बनाउँदै ३ घण्टाभित्रै दर्ता गरिने प्रक्रिया समेत मिलाउने निर्णय गरेको हो। यसका अतिरिक्त सहुलियत दरमा बिजुली उपलब्ध गराउन समेत पहल गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।