काठमाडौं– दक्षिण कोरियामा हुने २०१९ डब्लुटी पार्टनरसिप तेक्वान्दो प्रोग्राम ट्रेनिङमा नेपालका ११ जना प्रशिक्षकले सहभागिता जनाउने भएका छन्।
मार्च १८ देखि अप्रिल ३ सम्म कोरियाको मुजु सहरमा हुने कार्यक्रममा नेपालका दिल महर्जन, सरोज बास्कोटा, सोवितमान गिरी, अमिन तामाङ, राजेन्द्र डंगोल, जयदेव पौडेल, अनिष महर्जन, विश्वास आर्याल, विशाल कँडेल, बाबुलाल सुब्बा र चन्दु शाहीले सहभागिता जनाउन लागेका हुन्।
सोमबार कोरिया प्रस्थान बिहान लागेका प्रशिक्षकहरुलाई नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकास शम्शेर राणा, तेक्वान्दो संघ प्रदेश ३ का अध्यक्ष केशव पुरी, प्रदेश ३ का उपाध्यक्ष तथा प्रदेशसभा सदस्य विराजभक्त श्रेष्ठ लगायतले आइतबार विदाई गरेका थिए।
सोहि कार्यक्रममा गत महिना हङकङमा भएको टप माउन्टेन तेक्वान्दो एसोसिएसन १०औं वर्षीक पुम्से च्याम्पिनसिपमा स्वर्ण जित्न सफल तेक्वान्दो खेलाडी मेलिशा खड्कीलाई पनि सम्मान गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।