टुरिन– इटालियन सिरि 'ए' फुटबल प्रतियोगितामा युभेन्ट्सले पहिलो हार बेहोरेको छ। युभेन्ट्सलाई आइतबार राति भएको खेलमा जिनोआले २–० गोलले पराजित गरेको हो।
जिनोओका लागि खेलको ७२ मिनेटमा स्टेफानो स्टुरारो र ८१ मिनेटमा गोरान पान्डेवले गोल गरे। युभेन्ट्स जारी लिगको २७ खेलमा अपराजित थियो। पछिल्लो २७ मध्ये युभेन्ट्सले २४ खेलमा जित र ३ खेलमा बराबरी खेलेको थियो।
यस्तै युभेन्ट्सले लिगमा ११ महिनापछि हार बेहोरेको हो। पछिल्लो पटक युभेन्ट्स २२ अप्रिल २०१८ मा पराजित भएको थियो।
हारपछि पनि युभेन्ट्सको लिगमा फराकिलो अग्रता कायमै छ। युभेन्ट्सले २८ खेलबाट ७५ अंक छ। दोस्रो स्थानको नापोलीको ६० अंक छ। इन्टर मिलान ५३ अंकसहित तेस्रो र एसिय मिलान ५१ अंकसहित चौथो स्थानमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।