काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कटारी नगरपालिका उदयपुर तथा माई नगरपालिका ईलामका तत्कालीन लेखा अधिकृत रबिनचन्द्र ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
नगरपालिकामा कार्यरत हुँदा ढकालले नगरपालिकाको मूल खाताबाट आफ्नो खातामा ठुलो रकम स्थानान्तरण गरी आफूलगायत विभिन्न व्यक्तिका नाममा रकम निकाली भ्रष्टाचार गरेको अख्तियारले दायर गरेको आरोपपत्रमा उल्लेख छ।
उनलाई ७ करोड २२ लाख बिगो दाबी गरी विशेष अदालतमा मुद्दा दायर गरिएको हो।
ढकाल जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुमा लेखा अधिकृतको रुपमा कार्यरत रहेको अवधिमा समेत अनियमितता गरेको आरोप लागेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।