काठमाडौं- आइतबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) विप्लव समूह अनधिकृत भएकाले सरकारले नचिन्ने प्रधानमन्त्री ओलीको भनाई, विप्लवबारे धारणा राख्दा सचेत हुन नेताहरुलाई आग्रह, तत्काल मन्त्रिपरिषद् पुनर्गठन नहुने
२) विप्लवमाथि उच्च निगरानी, प्रत्यक्ष÷अप्रत्यक्षरुपमा संलग्न व्यक्ति, संस्था र समूहलाई समेत कारबाही गरिने, देशभरका प्रहरी युनिटलाई पक्राउ गर्न परिपत्र
३) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थले असुली गर्नुपर्ने बक्यौता मात्रै झन्डै साढे दुई अर्ब, उडान बन्द गरेको एयर एसियाको मात्रै २० करोड
४) एसियाली युथ एथलेटिक्समा अजितले जिते स्वर्ण, नेपालको ऐतिहासिक जित, भारत र यमनलाई पछि पारे
५) र, भारतीय जनता पार्टीले सुरु ग¥यो म पनि चौकीदार अभियान, प्रधानमन्त्री अब चौकिदार नरेन्द्र मोदी
अब हेरौं पूरा समाचारः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।