काठमाडौं– पाँचौ साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुने भएको छ। विराटनगरमा जारी प्रतियोगिताको समूह 'बी' को विजेताको टुंगो लागेसँगै सेमिफाइनल समिकरण पूरा भएको हो।
आइतबार भएको समूहको अन्तिम खेलमा भारतले श्रीलंकामाथि ५–० को जित निकाल्यो। भारतका लागि गार्सी डामेइले चौथो, सन्ध्या रंगनाथमले सातौं, इन्दुमती काथेरसनले ३६, संगीता बास्फोरले ४५ र रतनबाला देवी ४७ मिनेटमा गोल गरेका थिए।
यसअघि पहिलो खेलमा माल्दिभ्सलाई हराएको भारत लगातार दोस्रो जितसँगै समूह 'बी' को विजेता बन्यो। एक खेलमा जित र एक खेलमा हार बेहोरेको श्रीलंका उपविजेतामा सीमित बन्यो।
अब समूह 'ए' को विजेता नेपाल र श्रीलंकाबीच बुधबार विराटनगरको सहिद रंगशालामा विहान ११ बजे प्रतिस्पर्धा हुनेछ। सोहि दिन दिउँसो ३ बजे भारत र बंगलादेशबीच खेल हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।