काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा)ले आइतबारको प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ।
गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै उसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको हो।
यसअघिका दुईवटा वैठक पनि उसले यही माग गर्दै अवरुद्ध गरेको थियो। तर, सभामुख कृष्णबहादुर महराले सरकारलाई रुलिङ गरेपछि उसले बैठकलाई चल्न दिएको थियो।
तर सभामुखको आदेश पनि सरकारले नटेरेको भन्दै राजपाका तर्फबाट लक्ष्मणलाल कर्णले असन्तुष्टि जनाएका थिए। 'प्रतिवेदन सार्वजनिक नभएसम्म हामी बैठक चल्न दिन्नौं', बैठकमा बोलेका कर्णले भने।
बैठक १० मिनेटका लागि स्थगित भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।