म्याड्रिड– स्पेनिस ला लिगमा रियल म्याड्रिडले सेल्टा भिगोमाथि जित हात पारेको छ। जिनेदिन जिदान प्रशिक्षणको रुपमा फर्किएको खेलमा रियलले सेल्टा भिगोलाई २–० गोलले पराजित गरेको हो।
रियलका लागि इस्कोले ६२ र गारेथ बेलले ७७ मिनेटमा गोल गरेका थिए। इस्कोले करिम बेन्जिमाको क्रममा गोल गरेका थिए।
यता लिगको अर्को खेलमा दोस्रो स्थानको एट्लेटिको म्याड्रिड पराजित भएको छ। एट्लेटिकोलाई एथलेटिक बिल्बाओले २–० गोलले हराएको हो।
योसँगै लिगको तेस्रो स्थानमा रहेको रियलले एट्लेटिकोसँगको अंक दूरी २ मा झारेको छ। दोस्रो स्थानको एट्लेटिकोको २८ खेलबाट ५६ र तेस्रो स्थानको रियलको ५४ अंक छ। एक खेल कम खेलेको शीर्ष स्थानको बार्सिलोनाको ६३ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।